Friday, September 9, 2011

मेरो अर्को कथा


अघिल्लो पटक  मैले इन्टरनेट  कसरि  चलाए भन्ने  कुरा लेखेको थिए , थुप्रै साथीहरुको  टिप्पणी  पनि पाए* धेरैको  समस्या उस्तै नै भएको अनुभब गरेर पुनः अर्को पनि लेख्दै छु . ४ -५ बर्ष अघि एउटा  बाईक किन्ने सुरले खोज्दै जादा लिफनको सो रुममा पुगे , chinese  कम्पनि भए पनि  मलाई  बाईक मन पर्यो  र भाउ मिलाएर लिने भए ,तर मैले मन पराएको बाईक को  कागज पत्र  मिलाउन  समय लाग्ने  हुदा अर्को चै लान भनियो तर मा पनि के  कम  " नाई मलाइ त्यै  केटि चाहिन्छा " भन्ने पारामा बरु मा तिन महिना कागजपत्रको लागि पर्खिने तर त्यहि नै लिने भएर बाईक लिए , अनि सुरु भो मेरो दुर्दशा ] तिन महिनासम्म हफ्ताको तिन दिन चै सो रुम धाउनु पर्ने पो भो ,हरेक पटक बिग्रेको छ छ . दिक्क लगेर सेम मोडेल को अर्को बाईक साटे ,जसमा मलाई ५००० चुना लाग्यो. किन यस्तो सारो समस्या भयो भन्दा त त्यो  बाईक त पहिलेनै बेचेर त्यस्तै लफडा भएर नै फिर्ता गरेको चै पो रहेछा त्यसैलेपो कागजपत्र अर्कैको नाममा  रैछ र पास गर्दा सेकेन्ड हेन्ड हो भन्ने थाहा पाउने हुदा सुरुमै अर्को चै लिन भनेको रहेछ . त्यसरी एउटा समस्याको अन्त्य भयो.,तर मेरो अर्को समस्या यथावत थियो त्यी के भने बईकको टायर सादा [गोटी ,बुट्टा नभएको ] थियो र हेब्बी पनि थियो ,जसको कारण चिप्लेर  म ८ , चोटी लडी सकेको थिए ,निक्कै खतरनाक ठाउँ हरुमा म मुस्किलले बचेको थिए ,त्यसैले अलि बाक्लो टायर किन्ने सुरले खोज्दै जादा एक ठाउँ मा त्यस्तै बाईक भेट्यो जसको टायर पनि बाक्लो बुट्टा भएको थियो ,मेरो बाईक बाट धेरै चोटी लडिसकेको र त्यहि बाईक दुर्घटनामा परि मरिंछा कि  भन्ने त्राश पनि म मा परेको थियो , अर्को कुरा मेरो बाईक को साईज को बुट्टा भएको टायर कहिँ पनि नभेटेको कारणले गर्दा म त्यो  अर्को       बाईक नै किन्ने अठोट गरेर  केहि ऋण र केहि रकम बाँकि राखेर किनेर चढेर हिडे तर त्यो रहेछ बिकराल समस्या को पोको , त्यहि साँझ राखेको ठाउँ मै टस को मस भएन एबम  रितले करिब तिन महिना त काट्यो , यहाँ त अर्को साट्न पनि नदिने पैसा फिर्ता  पनि नदिने कस्तो फसाद मा परियो भने , कसरि रकम फिर्ता लिए भन्ने कथा नभनौ  , अहिलेम पुरानै बाईक बाक्लो बुट्टा भको टायर  फेरेर चढ्दै छु  अनि बाईक चै चलेको छ है ............>>>>>>>>>>>

No comments:

Post a Comment