Thursday, July 14, 2011

यो कथा वास्तविक हो

यो कथा वास्तविक हो ।कुरा मैले ईन्टर नेट जोड्दाको हो,छोरी बिदेशमा भएकोले कुरा गर्न सजिलो हुन्छ भन्ने लागेर, यस बारे बुझ्दा सस्तो तु उपलब्ध हुनेमा युटिएल पर्यो यही  नै  लिएं ।लिदाखेरिनै यो अलि ढिली टरा पछी छिटी हुन्छ भनेकोले ढुक्क भै उनिहरुले भनेको मोडियम लिएर घर आएं ।सबै गर्दा चार हजार  भन्दा बढी पर्यो, बल्ल तल्ल जोडियो तर काम चै रकेट युगमा गोरुगाडाको गतिमा चल्ने पो भयो! कारण चार जानालाई पुग्ने सेवा चालिस जनालाई बांडेको रहेछ,केहि पछी टावर थपिने भनेकोले परखिन बाध्य भए ।तर त्यो काम भयो भएन मेरो काम भने भएन ।अनी त्यसैका कर्मचारीलाई भन्दा एक जनाले भने" त्यही सिमकार्डले चल्ने एउटा फोन लिनुहोस नेट पनि चल्ने  फोन पनि चल्ने" भनेर पाँच हजारमा फोन दुई दिन्को ट्रायलामा भिडाए ।लौ नि दुबै काम हुन्छ भने के भो भन  लिईयो तर तीन दिन ट्राई गर्दैमा ठिक्क भो अनिकाम चै उहि ताल भो चौथो दिन ति भाईलाई खोज्दा भ्याली बाहिर गएको चार दिन पछी मात्र आउने थाहा भो, आएपछी काम नभएको सामान फिर्ता गरुं भन्दा एक हजार कम दिन्छु पो भन्छ,त्यस्तो घाटाको सौदा मैले मानिन फोन पनि संगै राखें तर मेरो समस्या जहिको तही भो ।कहिले नेट्वर्क नै नहुने भए पनि एक पेज खोल्न नै धेरै समय लाग्नेभो यो भएन जे भए सर्खारी भने राम्रै होला  भनेर एन टि सि को स्काई नेट लिने भएं ।स्काईको सिम पहिलेकै फोनमा हाले पछी चल्ने भयो   तर यो पनि आवस्यक्ताभन्दा बडी बितरण ले ग्रस्त रहेछ ।यस्को पनि चल्ने गती उस्तै रहेछ ।अब मेरो टाउको दुख्न थाल्यो कारण बार तेर हजार खर्छ गरेर पनि नेट भने उहि गतिमा भयो सबै भन्दा ठुलो कुरा नजान्नु नै रहेछ , भन्ने राम्म्रैसंग थाहा भो अब यत्रो पैसा खर्च सक्दा पनि काम नभएपछी "तै रिन तै रिन बुढी बाख्रा किन" भनेर पुन: अर्को राम्रो कुन   भनेर खोज्दा adsl सबै भन्दा ठिक लागेर घरबेटिलाई request गरी आधी पैसा तिर्ने सर्तमा जम्मा  5  सय खर्छ गरी लाईन जोडियो   ईन्टरनेट चालु गरियो
     यि भए ईन्टरनेट चलाउने कुरा अब यस्को अर्को पाटोको कुरा,राम्रै चलिराखेको नेट्को तार कुकुरले चुडाईदिएपछी जोड्ने अनेक  प्रयास गर्दापनी नभएपछी साहुजिको सल्लाह बमोजिमा कर्डलेस मोडियमा लानुहोस भने, मैले पनि तारको झन्झटबाट मुक्ती नै पाईने सोचेर १८०० - तिरेर ल्याएर जोड्दा कनेक्ट डिस्कनेक्ट भैरहने हुदा फिर्ता दिने बिचारले मोडियमको बिर्को खोज्दा कुकुरले उहिलेनै -याप कुरुपा बनाईसकेछ अब परेन फसाद! फिर्ता दिने सर्तमा ल्याएको भए पनि सहिसलामता  नभए पछी फिर्ता दिने कुरै भएन   त्यो पनि त्यसै  थन्क्यो ।लगभगा १५००० - जती सिद्धिए पछी  आनन्द भएको तर सन्तोसको कुरा चै के भने ईन्टरनेट चै  चलेको है

No comments:

Post a Comment