अघिल्लो पटक मैले इन्टरनेट कसरि चलाए भन्ने कुरा लेखेको थिए , थुप्रै साथीहरुको टिप्पणी पनि पाए* धेरैको समस्या उस्तै नै भएको अनुभब गरेर पुनः अर्को पनि लेख्दै छु . ४ -५ बर्ष अघि एउटा बाईक किन्ने सुरले खोज्दै जादा लिफनको सो रुममा पुगे , chinese कम्पनि भए पनि मलाई बाईक मन पर्यो र भाउ मिलाएर लिने भए ,तर मैले मन पराएको बाईक को कागज पत्र मिलाउन समय लाग्ने हुदा अर्को चै लान भनियो तर मा पनि के कम " नाई मलाइ त्यै केटि चाहिन्छा " भन्ने पारामा बरु मा तिन महिना कागजपत्रको लागि पर्खिने तर त्यहि नै लिने भएर बाईक लिए , अनि सुरु भो मेरो दुर्दशा ] तिन महिनासम्म हफ्ताको तिन दिन चै सो रुम धाउनु पर्ने पो भो ,हरेक पटक बिग्रेको छ छ . दिक्क लगेर सेम मोडेल को अर्को बाईक साटे ,जसमा मलाई ५००० चुना लाग्यो. किन यस्तो सारो समस्या भयो भन्दा त त्यो बाईक त पहिलेनै बेचेर त्यस्तै लफडा भएर नै फिर्ता गरेको चै पो रहेछा त्यसैलेपो कागजपत्र अर्कैको नाममा रैछ र पास गर्दा सेकेन्ड हेन्ड हो भन्ने थाहा पाउने हुदा सुरुमै अर्को चै लिन भनेको रहेछ . त्यसरी एउटा समस्याको अन्त्य भयो.,तर मेरो अर्को समस्या यथावत थियो त्यी के भने बईकको टायर सादा [गोटी ,बुट्टा नभएको ] थियो र हेब्बी पनि थियो ,जसको कारण चिप्लेर म ८ ,९ चोटी लडी सकेको थिए ,निक्कै खतरनाक ठाउँ हरुमा म मुस्किलले बचेको थिए ,त्यसैले अलि बाक्लो टायर किन्ने सुरले खोज्दै जादा एक ठाउँ मा त्यस्तै बाईक भेट्यो जसको टायर पनि बाक्लो बुट्टा भएको थियो ,मेरो बाईक बाट धेरै चोटी लडिसकेको र त्यहि बाईक दुर्घटनामा परि मरिंछा कि भन्ने त्राश पनि म मा परेको थियो , अर्को कुरा मेरो बाईक को साईज को बुट्टा भएको टायर कहिँ पनि नभेटेको कारणले गर्दा म त्यो अर्को बाईक नै किन्ने अठोट गरेर केहि ऋण र केहि रकम बाँकि राखेर किनेर चढेर हिडे तर त्यो रहेछ बिकराल समस्या को पोको , त्यहि साँझ राखेको ठाउँ मै टस को मस भएन एबम रितले करिब तिन महिना त काट्यो , यहाँ त अर्को साट्न पनि नदिने पैसा फिर्ता पनि नदिने कस्तो फसाद मा परियो भने , कसरि रकम फिर्ता लिए भन्ने कथा नभनौ , अहिलेम पुरानै बाईक बाक्लो बुट्टा भको टायर फेरेर चढ्दै छु अनि बाईक चै चलेको छ है ............>>>>>>>>>>>
No comments:
Post a Comment